जसपाको विद्यान अधिवेशन जेठमा हुने

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन सरेको छ । जसपाको विद्यान अधिवेशन जेठ १ देखि ३ गतै सम्म हुने सो पाटी प्रचार विभागले जनाएको छ । यस अघि चेत्र २६ देखि २८ सम्म अधिवेशनको समापन गर्ने तयारी जसपाले गरेको थियो । आगमी बैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका कारण महाधिवेशन सारिएको उल्लेख गरिएको छ ।

अधिवेशनका लागि अध्यक्ष यादवको नेतृत्वमा कार्यदल गठन गरि मस्यौदा तयार पारी पाटीलाई बुझाएकाले अधिवेशको सम्पूर्ण तयारी पुरा भएको पाटी स्रोतले जनाएको छ ।

जसपाले आफ्नो केन्द्रीय समितिको सदस्यसंख्या घटाउने भएको छ ।

विधानको मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव गरिएको छ भने हालको विधानमा ७०१ सदस्यीय कार्य समिति रहेको छ । विधान मस्यौदामा त्यसलाई घटाएर १५१ कायम गर्ने प्रस्ताव गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *