आइएमई पेबाट आइएमई लाईफको बीमा पोलिसी नविकरण गर्न सकिने
काठमाडौं । आइएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ । सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत ‘इन्स्योरेन्स’ को ‘पे प्रिमियम’ मा गई ‘आइएमई लाईफ नविकरण’ क्लिक गरी मागिएको विवरण प्रदान गरी आफ्नो पोलिसी नविकरण गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले उक्त सेवा ग्राहकहरुलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नविकरण गर्न प्रोत्साहान गर्ने उदेश्यका साथ उपलब्ध गराएको जनाएको छ ।