कर्णाली सरकारबाट नेकपा एमालेले दियो राजिनामा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा तीन जना मन्त्रीहरूले नेकपा एमालेबाट राजीनामा दिएका छन् । कर्णाली प्रदेश सरकारमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री शर्मालाई सामूहिक राजीनामा बुझाएका हुन् ।

केन्द्रमा गत पौष १० मा गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरमा नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित समाल्दै आएको थियो । गत १७ चैत्रमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले केन्द्रीय गठबन्धन अनुसार नै अघि बढ्ने उद्देश्यसहित सरकारलाई विश्वासको मत दिएको थियो । तर मुख्यमन्त्री शर्माले एमालेका ३ मन्त्रीलाई बर्खास्त गरेका थिएनन् । एमाले बाहिरिएसँगै नयाँ समीकरण अनुसार सरकार गठनको बाटो खुल्ला भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *