लगानी अनुकूल नीति तथा वातावरण बनाउन सरकारलाई सिबिफिनको आग्रह

काठमाडौं । जेनजीको नेतृत्वमा भएको आन्दोलन अन्तरिम सरकार गठनसँगै शान्तिपूर्ण अवतरणमा पुगेकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले स्वागत गरेको छ। परिसंघले विज्ञप्ति जारी गरी देश इतिहासकै कठिन घडीलाई पार गरेर सामान्यतर्फ उन्मुख हुन थालेको जनाएको छ । साथै आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यसैगरी, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सिबिफिनले आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ ।

परिसंघले आन्दोलनलाई सुशासनयुक्त नवनेपाल निर्माणको प्रस्थान विन्दुुका रूपमा व्याख्या गर्दै नवगठित सरकारसँग सहकार्य गरी शान्त, सुशासित र समुन्नत राष्ट्र निर्माणमा हातेमालो गर्ने प्रतिबद्धता जनाएको छ। त्यस्तै, आक्रमण र क्षतिबाट प्रभावित निजी क्षेत्रमा आशा, ऊर्जा र उत्साह थप्ने गरी लगानी अनुकूल नीति तथा वातावरण बनाउन सरकारलाई आग्रह गरिएको छ। सिबिफिनले बैंक तथा वित्तीय क्षेत्रमा क्षति पुर्याउने तत्वहरूप्रति सचेत रहँदै बैंकिङ सेवाहरूलाई सहज सञ्चालन गर्न सबै पक्षसँग सहयोग मागेको विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *