डाबरले ल्यायो ‘रियल फिज्जिन’
काठमाडौं । डाबर नेपालले कार्बोनेटेड सफ्ट ड्रिंक सेगमेन्टमा नयाँ कार्बोनेटेड पेय पदार्थ ‘रियल फिज्जिन’ बजारमा ल्याएको छ । ‘रियल फिज्जिन’को एप्पल, मसला कोला र निम्बु गरी तीन स्वादसहित पेट बोतलहरूमा उपलब्ध छ । ११.२ प्रतिशत फलफूलको जुस भएको रियल एप्पल फिज्जिन १५० एमएल, २५० एमएल र ५०० एमएल बोतलमा क्रमशः रु ३०, रु. ५०, रु ८० रुपैयाँमा उपब्ध रहेको डाबर नेपालले जनाएको छ । यसैगरी, जीराको मसलादार स्वाद भएको रियल मसाला कोला फिज्जिनमा १०.५ प्रतिशत फलफूलको रस छ भने रियल निम्बु फिज्जिनमा पाँच प्रतिशत रिफ्रेसिङ लेमन जुस रहेको कम्पनीले उल्लेख गरेको छ । रियल मसाला कोला र निम्बुको १५० एमएल ‘अन द गो’ प्याक ३० रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रियल फिज्जिन कम्पनीले आफ्ना नेपाली उपभोक्ताहरूलाई नयाँ र फरक उत्पादनहरूद्वारा खुसी पार्ने निरन्तर प्रयासको परिणाम हो, डाबर नेपालका व्यावसायिक प्रमुख एचएस बेदीले भने, यसरी यो श्रेणी क्याटेगोरीमा उत्पादन गर्नु भनेको पेय पदार्थ बजारमा आफ्नो पकडलाई अझ व्यापक बनाउने रणनीति हो । डाबरका अतिरिक्त महाप्रबन्धक अभय प्र. गोर्खालीले उपभोक्ताहरुले रिफ्रेसमेन्टको लागि कार्बोनेटेड सफ्ट ड्रिंक र फलफूलको गुडनेसको लागि फलफूल जुस छान्नुपर्ने बताए । उपभोक्ताहरुलाई कार्बोनेटेड सफ्ट ड्रिङ्कमा फलफूलको रस नभइ कृत्रिम स्वाद हुन्छ भन्ने चेतना हुँदाहुँदै पनि उक्त पेय पदार्थको प्रयोग गर्दथे, उनले भने, यसलाई ध्यानमा राखेर हामीले उपभोक्ताहरुलाई खुसी पार्नको लागि ‘रियल फिज्जिन’ बजारमा ल्याएका छौँ । जसले गर्दा उपभोक्ताहरुले एउटै पेय पदार्थमा कार्बोनेटेड सफ्ट ड्रिंकको रिफ्रेसमेन्ट र फलफूलको गुडनेसको मजा लिन सक्छन् । रियल फिज्जिनलाई बजारमा ल्याउन टेलिभिजन विज्ञापनमार्फत मार्केटिङ्ग क्याम्पेन चलाइएको छ । यसको ब्रान्ड एम्बासडरको रूपमा चर्चित अभिनेत्री साम्राज्ञी आरएल शाहलाई छनोट गरिएको छ ।