समिट रेसिडेन्सी व्यवस्थापन र सञ्चालनमा संलग्न छैनौँ ः चौधरी ग्रुप
काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सीजी डेभलपर्स प्रालिले समिट रेसिडेन्सीको व्यवस्थापन र सञ्चालनमा आफूहरू संलग्न नरहेको दाबी गरेको छ । एक विज्ञप्ति जारी गर्दै प्रालिले बजारमा आएजस्तो सीजी ग्रुपको संलग्नता नभएको जानकारी दिएको हो । सीजी डेभलपर्सले विकास गरेका परियोजनाहरू प्रतिष्ठित भएको भन्दै ती परियोजनाले नेपालको रियल स्टेट क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । तर, समिट रेसिडेन्सीको परियोजनामा सीजी डेभलपर्सको ३० प्रतिशत सेयर रहेको बताइएको छ । बाँकी ७० प्रतिशत सेयर रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ र सञ्चित श्रेष्ठको रहेको जानकारी दिइएको छ । समिट होटलले बनाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन र सञ्चालनको जिम्मा सञ्चित श्रेष्ठले लिएको जानकारी दिएको छ ।