बालेनको फोहोर नउठाउने निर्णयविरुद्धको रिटमा आज पनि भएन सुनुवाइ
काठमाडौं । सिंहदरबारभित्रको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ भएकाे छैन । उक्त रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर न्यायाधीशले बेन्च बस्न नभ्याउँदा सुनुवाइ स्थगित भएको हो ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरको निर्णय नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको विपरीत भएको भन्दै रिट दायर गरेका हुन् ।
श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमा मंगलबार प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको भएपनि ’हेर्न नभ्याइने’ हुँदै स्थगित भएको थियो ।