कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी
काठमाडौं । ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ । आगलागीपछि बेलम शहरका बासिन्दालाई बाहिर निकालिएको छ । बीबीसीका पत्रकारहरू (जसमध्ये जलवायु सम्पादक जस्टिन रोलाट पनि थिए) ले पभिलियन क्षेत्रमा आगो र धुवाँ देखेपछि उनीहरूलाई तुरुन्तै बाहिर निकालिएको जानकारी दिएका छन् । संयुक्त राष्ट्र संघका अधिकारीहरुका अनुसार आगो ६ मिनेटमै निभाइएको थियो । १३ जना धुवाँको असरका कारण बिरामी परेका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ । आगलागीको कारण अझै खुलेको छैन ।
















