दसैँमा काठमाडौंमा दुई दिन प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । आम नागरिकको सुविधा र सहज आवागमनका लागि बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले दसैँमा उपत्यकाका तीन रूटमा कात्तिक ३ र ४ गते निःशुल्क बस सञ्चालन गरेको हो । यस्तो छ प्रहरीले बस सेवा सञ्चालन गर्ने रुट । रूट नम्बर १ : यो रूट नक्सालबाट सुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किनेछ । रूट नम्बर २: यो रूट नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किनेछ । रूट नम्बर ३ : यो रूट नक्सालबाट सुरू भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुन: नक्सालमा फर्किनेछ । निःशुल्क बस सेवा पहिलो सिफ्टअन्तर्गत मंगलबार अपराह्न ४:०० बजेबाट तीन वटै रूटमा सञ्चालन हुनेछ । यसैगरी कात्तिक ४ गते पहिलो सिफ्ट बिहान ८:०० बजेबाट र दोस्रो सिफ्ट दिउँसो ३:३० बजे बाट उक्त रूटहरूमा सञ्चालन हुने प्रहरीले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *