तीन दिनभित्र सिंहदरबारभित्रको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबार क्षेत्रको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले महानगर प्रमुख बालेन्द्र साहलाई १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत वा आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न पनि आदेश दिइएको छ । अधिवक्ता पदम श्रेष्ठले सर्वोच्चमा सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिका प्रमुख बालेनलगायतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।

सुकुम्बासी हटाउन सरकारले सहयोग नगरेको रिसमा मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि दुई सातादेखि फोहोर थुप्रिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *