डा. स्वर्णिम वाग्लेलाई रास्वपाले अर्थसमितिमा पठायो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थशास्त्रीसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेलाई अर्थ समितिमा पठाएको छ ।
उपनिर्वाचनमा तनहुँ -१ बाट निर्वाचित भएका डा. वाग्लेलाई रास्वपाले संसदको अर्थ समितिमा पठाएको हो ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा दलहरूले पठाएका नामहरूको आधारमा विभिन्न विषयगत समितिमा रहने सांसदहरूको नाम अनुमोदन भएको छ ।
डा. वाग्लेले शुक्रबार नै सांसदको पद तथा गोपनीयताको शपथ लिएर पहिलो पटक संसद बैठकमा समेत भाग लिएका छन् ।
