बालेनले भने- टुकुचा खोला संरक्षणका लागि आफूले चालेको कदमलाई अदालतले मान्यता दियो

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले टुकुचा खोला संरक्षणका लागि आफूले चालेको कदम गलत दाबी गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा ‘स्ट्याटस’ लेख्दै उनले उनले केही दिनअघि उच्च अदालत पाटनले दिएको आदेशले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनः स्थापना गर्न काठमाडौँ महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको बताएको उल्लेख गरेका छन् । टुकुचा संरक्षणका लागि आफूले गरेको कामलाई अदालतले नै मान्यता दिएको जिकिर गरेका छन् ।

खोला छोप्ने कार्य वर्जित हो, यस्तो कार्यलाई सक्रियता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीतिअनुरूप महानगरपालिकाले चालेका कुनै पनि कदम खेर नगएको उनले बताएका छन्। टुकुचा ढल होइन, खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको र टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई मान्यता दिएको बालेनको भनाइ छ ।

बालेनले लेखेका छन्–

‘केही दिनअघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ । नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधि शास्त्रको घोषणा गरेको छ । सो फैसलाले टुकुचा खोला अर्थात् इच्छु मति नदिको प्राकृतिक अधिकार पुनः स्थापन तथा संरक्षणको लागि काठमाडौँ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्ध निकायहरूको ध्यानाकर्षण समेत गरेको छ । कुनै पनि नदी वा खोलाको बहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनः स्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ । खोला छोप्ने कार्य वर्जित हो, यस्तो कार्यलाई सक्रियता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *