भक्तपुर बचत संघद्धारा सहकारी संस्थाहरु पुरस्कृत
भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले १९ औं स्थापना दिवसको अवसरमा विभिन्न संंघ संस्थालाइ पुरस्कृत गरेको छ । संघले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ संशोधनको कार्यविधि अनुसार संघमा आबद्ध सदस्य संस्थाहरुबाट जिल्लास्तरीयमा सिमल बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरेको छ ।

त्यसैगरी नगरस्तरीयमा भक्तपुर नगरपालिका क्षेत्रमा बाराही बचत तथा ऋण सहकारी संस्था।, मध्यपुर थिमि नगरपालिका क्षेत्रमा शंखधर बचत तथा ऋण सहकारी संस्था, सूर्यविनायक नगरपालिका क्षेत्रमा पारिजात बचत तथा ऋण सहकारी संस्था र चाँगुनारायण नगरपालिका क्षेत्रमा छिन्नमस्ता महिला बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ ले पुरस्कृत गरेको छ । साथै संघले २०७९ चैत्र २० गते ६६ औं सहकारी दिवसको अवसरका आयोजित प्रभातफेरी कार्यक्रममा सहभागी १ सय ६० वटा सहकारी संस्थाहरुमध्ये उत्कृष्ट सहभागी भएका आठवटा सहकारी संस्थाहरुलाइ समेत सो अवसरमा पुरस्कृत गरेका थियो ।

जस अनुसार बालकुमारी बचत तथा ऋण सहकारी संस्था, भक्तपुर बचत तथा ऋण सहकारी संस्था, शुभकामना बचत तथा ऋण सहकारी संस्था , शुभलाभ बचत तथा ऋण सहकारी संस्था , समाजसुधार बचत तथा ऋण सहकारी संस्था , बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था , लोकेश्वर बचत तथा ऋण सहकारी संस्था र कमलविनायक बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहभागी पुरस्कारबाट सम्मान गरिएको संघले जनाएको छ ।
















