हिमालयन शेर्पाले विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध रोमाञ्चक जित


काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाले विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ । हिमालयनलाई जित दिलाउन अबायोमी फाकुन्ले र अमृत श्रेष्ठले समान एक गोल गरे । पुलिसका सौजन राईले एक गोल फर्काएका थिए । खेलको १४औँ मिनेटमा फाकुन्लेको गोलबाटद हिमालयन शेर्पाले अग्रता बनाएको थियो ।

तर, ३०औँ मिनेटमा सौजनले गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए । ५१औँ मिनेटमा अमृतले गरेको गोल निर्णायक बनेपछि पुलिसविरुद्ध हिमालयन शेर्पाले तीन अंक निश्चित गर्‍यो । जितसँगै १५ खेलबाट २० अंक जोडेको तालिकाको सातौँ स्थानमा उक्लिएको छ । समान खेलबाट १५ अंक जोडेको पुलिस भने रेलिगेसन क्षेत्रमा झरेको छ । १३औँ स्थानमा रहेको पुलिस रेलिगेसन क्षेत्रभन्दा माथि रहेको संकटा क्बलभन्दा एक अंकले पछि छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *