एमाले सांसद मैनाली भन्छन् – अमरेश सिंहको स्वास्थ्य जाँच गर्नुपर्छ
काठमाडौं । नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्यको जाँच गर्न माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसदको मर्यायाद विपरित संस्दमै कपडा खोलेर तागत देखाएपछि शुन्य समयमा बोल्दै मैनालीले सिंहको स्वास्थ्य जाँचको माग गरेका हुन् ।
स्वतन्त्र सांसदले अहिले संसद भवनमा यस्तो लाजमर्दो व्यावहार देखाएपछि सांसदको मानमर्यादामाथि चोट पुग्ने भन्दै उनलाई कार्बाहीको सजाय हुनुपर्ने कुरा संसदमा उठेको छ ।
अश्लील हर्कत गरेकाले संवेदनशिलता नभएको भन्दै एमाले सांसद मैनालीले उनको स्वास्थ्य जाँज गरिनुपर्ने बताएका हुन।
सिंहलाई सभ्य हुन् सभामुख घिमिरेले आग्रह गरेपछि उनले कपडा लगाएका थिए ।