प्रतिनिधिसभा सदस्यमा विन्दवासिनीलाई स्थापित गर्ने निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पदमा विन्दवासिनी कसांकारलाई स्थापित गर्ने रास्वपाको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । रास्वपाले कंसाकारलाई प्रतिनिधिसभा सदस्य पदमा स्थापित निर्णय गरेपछि बर्खास्तीमा परेका ढाकाकुमार श्रेष्ठ सर्वोच्च गएका थिए ।

ढाकाको रिटमाथि सोमबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलालले यसबारे १५ दिनभित्र जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको छ । साथसाथै कंसाकारसम्बन्धी पत्राचार एवं काम कारबाहीहरु थप कार्यान्वन नगरी हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा राख्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *