सभामुखलाई जानकारी गराएर नै कपडा खोलेको अमरेश कुमार सिंहको स्पष्टिकरण

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा कपडा नखोलेको विषयमा स्पस्टिकरण दिएका छन्

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै भ्रष्टाचारको विषयमा संसदमा बोल्नका लागि सभामुखसँग आकस्मिक समय मागेको र समय नपाए हदैसम्मको विरोध गर्ने बैठक अगावै सभामुखलाई जानकारी गराएपनि समय उपलब्ध नभएपछि सो क्रियाकलाप गरेको उनले बताएका हुन् ।

आकस्मिक समयमा भ्रष्टाचारको विषयमा बोल्ने समय सभामुख समक्ष मागेपनि दुई मिनेटको समय नपाएपछि सो क्रियाकलाप गर्न बाध्य भएको उनले उल्लेख गरेका छन् । उनले पत्रकारहरुसंग कुरा गदैं उनले भने ,‘ सभामुखलाई पहिल्यै नै समय मागेको र समय उपलब्ध नगराएपछि विरोधमा जाने बताएको थिएँ ।’
त्यसपछि कपडा खोल्न बाध्य भएको उनले उल्लेख गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *