नेपाल बैंकको ललितपुरको खुमलटारमा नयाँ शाखा स्थापना
ललितपुर । नेपाल बैंक लिमिटेडले ललितपुर महानगरपालिका–१४, खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा उद्घाटन गरेका हुन् । कार्यक्रमका अधिकारीले स्थानीय जनता तथा संघसंस्थाको धेरै पहिलेदेखिको अनुरोधलाई मनन गर्दै खुमलटारमा शाखा खोलिएको बताए । ललितपुर महानगरपालिकाबासीलाई प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैंकिङ सेवा दिने उनले प्रतिबद्धता जनाए । ललितपुर महानगरपालिका प्रमुख महर्जनले नेपालको जेठो नगरपालिकाको रुपमा रहेको ललितपुरमा नेपालको जेठो बैंक नेपाल बैंकको शाखा आगमनको संयोगले खुमलटार र सम्पूर्ण महानगरपालिकाको आर्थिक क्षेत्रमा नयाँ उमंग पलाएको बताए ।