ठूल्ठूला भ्रष्टाचार काण्डका फाइल खोल्न भन्दै लिङ्देनले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुन्न, ठूल्ठूला भ्रष्टाचार काण्डका फाइल खोल्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर राप्रपा अध्यक्ष लिङ्देनले ०४६पछिका सबै उच्चपदस्थ नेता कर्मचारीहरुको सम्पत्ति छानविन गरेर अवैध सम्पत्ति जफत गर्न माग गरेका छन् । ‘कुनै भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुन्न, सबै ठूल्ठूला भ्रष्टाचार काण्डका फाइल पनि खोल्नुपर्‍याे ।

२०४६ पछिका सबै उच्चपदस्थ नेता कर्मचारीहरुको सम्पत्ति छानविन गरेर अवैध सम्पत्ति जफत गरियोस्,’ लिङ्देनले भने ।
लिङ्देनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका सबैलाई कारबाही गर्न र उन्मुक्ति नदिन आग्रहसमेत गरेका थिए । प्रधानमन्त्री प्रचण्डले ठगीकाण्डमा मुछिनेमाथि कारबाही हुने प्रतिबद्धता जनाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *