नक्कली शरणार्थी प्रकरणमा फरार रहेका रायमाझीको थप अनुसन्धानका लागि सीआइबीले लग्यो सीसीटिभी फुटेज
काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा फरार रहेका एमाले सचिव एवम सांसद टोपबहादुर रायमाझी अनुसन्धानका लागि संसद सचिवालयबाट सीसीटिभी फुटेज लगेको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सीआइबी फुटेजले रायमाझीको खोजी कार्यमा थप सहयोग पु¥याउने भन्दै संसद सचिवालयमा पत्रमार्फत सहयोग माग्दै संसद सचिवालयबाट सीआईबीले सीसीटिभी फुटेज लगेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि एमाले सचिव एवम सांसद रायमाझी अहिले सम्म फरार रहेका छन् । रायमाझीलाई पक्राउ गर्न प्रहरीले अहिले सम्म अनुसन्धान प्रक्रियालाई अघि बढाएपनि पक्रन सकेको छैन् । वैशाख २५ गते आफु बिरामी भएर संसदमा उपस्थित हुन नसकेको जवाफ संसद सचिवालयमा पत्रमार्फत पठाएका थिए । सो जानकारी थाहा पाएपछि नेपाल प्रहरीको अनुसन्धान ब्युरो सीआइबीले सचिवालयलाई अनुसन्धानपत्र पठाउँदै सहयोगका लागि अनुरोध गरेको थियो । सीआइबीले सभामुखको कार्यकक्ष आसपासको सीसीटीभी शुक्रबार नियन्त्रणमा लिएको हो ।