फागुन २१ गते निर्वाचन गर्ने घोषणापछि निर्वाचन आयोग तयारीमा

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोग तयारीमा जुटेको छ ।

जेनजी पुस्ताले गरेको आन्दोलनको बलमा अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते संसद विघटन गरी निर्वाचन घोषणा गरेका थिए । राष्ट्रपति पौडेलले शनिबार विज्ञप्ति जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैमा सम्हालिँदै निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका थिए । निर्वाचन घोषणासँगै आयोगले तयारी गरिरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । मतदाता अद्यावधि सम्बन्धमा पनि कार्यतालिका बनाएर जानुपर्ने भएकाले अहिले कुनै निष्कर्षमा नपुगेको भण्डारीले बताए ।

भ्रष्टाचार र बेथितिविरुद्ध भदौ २३ गते जेनजीले गरेको विरोध प्रदर्शनमा सरकारले दमन गर्दा ५१ जनाको ज्यान गएको थियो । निजी र सार्वजनिक सम्पत्तिमा आगजनी हुँदा अर्बौँ सम्पत्ति ध्वस्त भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *