कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने
काठमाडौँ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान समारोह नगर्ने भएको छ। देश बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण शोकमा रहेका बेला पार्टीले यस वर्ष चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्तिमार्फत यस वर्ष कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम आयोजना नगरिने जानकारी दिएका छन्।
















