संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने शिक्षामन्त्री राईको दावी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताकासाथ काम अघि बढाइरहेको उनको बुझाइ छ ।

उनले पहिला पनि मस्यौदा तयार भइ मन्त्रीपरिषद्‌मा पुगेको बताए । तर सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख गर्दै अहिले मन्त्रालयले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुनः पठाएको उनले बताए ।

‘ यो कानुन मन्त्रालयमा रहेकाले निरन्तर प्रक्रियामा रहेको उल्लेख गर्दै कानून मन्त्रालयलाई निरन्तर आग्रह गरेको उनले बताए ।
कानून मन्त्रालयमा धेरै कानुन निर्माण गर्नुपर्ने भएकाले संघिय शिक्षा ऐन लागू हुन समय लागेको उनको भनाइ छ । उनले कानून मन्त्रालयमा धेरै कानून निर्माण गर्नुपर्ने भएकाले केही समय रोकिएको बताए । विद्यालयको पाठ्यक्रममा मनोपरामर्श सम्बन्धी व्यवस्था पाठ्यक्रम पुनः मूल्यांकन गरेर अघि बढ्ने मन्त्री राईले बताए ।

पाठ्यकक्रममा भन्दा अझ बढी मनोपरामर्श सम्बन्धी व्यावस्था गरेर संघिय शिक्षा ऐन आउने राईले उल्लेख गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *