पूर्वगृहमन्त्री खाँणको बयान नसकिएपछि पुनः भोली पनि….

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा पक्राउ परेका आरोपि पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ ।

अनुुसन्धानका क्रममा आज बयान नसकिएपछि सरकारी वकिल कार्यलयले भोली पनि खाँणका विरुद्धमा पुनः बयान लिने बताएकाे छ ।
सरकारी वकिलको कार्यलयले मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै समय मागेपछि जिल्ला अदालतले हिजो ४ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसहित, खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित पक्राउ परेका एक दर्जनभन्दा माथिको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *