देशभर विभिन्न कार्यक्रमको आयोजनाका साथ मदन–आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिनलाई स्मरण गर्दै आज आज मदन–आश्रित स्मृति दिनभर मनाइँदैछ ।
२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी विभिन्न कार्यक्रमको आयोजनागरेर उनले गरेका योगदान र अमर विचारको स्मरण गरिन लागेको हो ।
मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र माताहातका कमिटीसहित तीनका भातृ सङ्गठनहरूले विभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गर्दैँ यो दिवस मनाउँदैछन् । गोली र बारुजको आवाजले विश्व परिवर्तन गर्न नसकिने भएकाले शान्ति स्थापनाको अमर विचार छलफल र सहमतिले मात्र संभब हुने उनको विचार थियो ।
‘जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रुपमा इतिहासमा मदन भण्डारीलाई दिइन्छ ।
श्रमजीवि बर्गको सत्ता स्थापनाका लागि शान्तिपूर्ण वर्गविभाजनरहित समाजको निर्माण र सर्वहारा वर्गको उत्थान भएको अवस्थामा मात्र देश माथि उठ्न सक्ने उनको मुख्य विचार थियो ।