बिन्धवासिनी सहकारी संस्थामा १८ प्रतिशत तरलता


बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले यस आर्थिक बर्षको बैशाख मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको हो । संस्थाले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैशाखसम्म १८. २९ प्रतिशत तरलता रकम रहेको छ । त्यसैगरी संस्थाको शेयर पुँजी ४७ करोड ८५ लाख ३८ हजार, साधारण जगेडा कोष ३० करोड ९१ लाख ८७ हजार, विभिन्न कोषहरु १६ करोड ५५ लाख तथा बचत संकलन ३ अर्ब ९ करोड ४८ लाख रहेको छ ।

संस्थाले यस अबधिमा ३ अर्ब ६१ कारेड ९३ लाख ऋण लगानी गरेको छ भने कुल सम्पती ४ अर्ब ५० करोड ४४ लाख रहेको छ । संस्थामा ४९ हजार ४१२ हजार सदस्य रहेका छन् । त्यस मध्ये ११ हजार ८ सय ८७ जना सदस्यले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका छन् । सहकारी विभागको निर्देशन अनुसार संस्थाले वित्तीय विवरण प्रकाशित गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *