सामुदायिक सहकारी चोरी गर्ने ४ जना प्रहरीको नियन्त्रणमा


काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको चोरीमा संलग्न ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले चोरीमा संलग्न ४ जनालाई सार्वजानिक गरेको छ । बैशाख १९ गते राति १ बजे सामुदायिक साकोसको सहकारीका सुरक्षा गार्डलाई नियन्त्रणमा लिई संस्थाबाट ३२ लाख ३१ हजार ७ सय ४५ रुपैयाँ चोरी गरी उनीहरु फरार भएका थिए । चोरीमा संलग्न ६ जनामध्ये ४ जनालाई काठमाडौं र मकवानपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पक्राउ परेका चारै जना मकवानपुर जिल्लाका हुन्। उनीहरुलाई काठमाडौं र मकवानपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का २४ बर्षीय अमृत थिङ ९लामा०, सोही ठाउँका २९ वर्षीय गम्भीर भनिने सोमलाल थिङ, वडा नम्बर ५ फाखेलका ३० बर्षीय अशोक रुम्बा र सोही ठाउँका ३५ बर्षीय अगबर लामा रहेका छन् । अमृत र सोमलाल काठमाडौंबाट पक्राउ परेका हुन् । अशोक र अगरलाई फाखेलबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट ५ लाख ४५ हजार रुपैयाँ नगद, भरुवा बन्दुक १ थान र सहकारी चोरी गर्दा प्रयोग भएका सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ । जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले बिगत लामो समयदेखि काभ्रे जिल्लामा संचालित सहकारी सस्थाहरुमा चोरी डकैती गरि शेयर सदस्यहरुले जम्मा गरेको रकम माथी गलत नजर राख्ने चोरहरुको समुहलाई काभ्रेको प्रहरी टिमले पक्राउ गरि सार्वजनिक गर्नु ठुलो उपलब्धी भएको बताए । बिगत देखि विभिन्न संस्थाहरुमा भएको घटनालाई समेत आधार मानी कार्य प्रकृया अगाडि बढाउन प्रहरीलाई उनको आग्रह छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *