दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले उकालो लागेर एक हजार ८ सय ७७ दशमलव ३२ मा पुगेको छ । 

कुल २१९ ओटा कम्पनी मध्ये २०४ वटाको उकालो लाग्यो भने ११ वटाको घटेको छ र ४ वटाको यथावत् रहेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव २३ अङ्कल उकालो लागेर तीन सय ५८ दशमलव १८ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहरुको शेयर मूल्यमा वृद्धि भएको छ । 

नेप्सेका अनुसार कारोबार भएका दुई सय ६४ कम्पनीको ४४ लाख २२ हजार एक सय ८६ कित्ता शेयर रु एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३ सय ८८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दुरसञ्चार शीर्ष स्थानमा छ । सो कम्पनीको  रु ८ करोड ६३ लाख ४८ हजार ४ सय ३६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

नेप्सेका अनुसार हिमालय उर्जा विकास , आत्मनिर्भर लघुवित्त ,  शिव श्री हाइड्रोपावर , गंगापति लघुवित्त र स्वेतगंगा हाइड्रोपावरले आज धेरै कमाएका छन् ।

यसै गरी सवै भन्दा बढी गुमाउनेहरुमा एनआइबिएल ग्रोथ , हिमालयन बैँक , एनएमबी , सामुदायिक लघुवित्त र किसान लघुवित्त रहेको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *