आचरणविपरीत काम गर्ने सशस्त्र प्रहरी निरीक्षकको बढुवा तीन वर्ष रोक्का

काठमाडौं । आचरणविपरीत काम गर्ने एक सशस्त्र प्रहरी निरीक्षकलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले कारबाही गरेको छ।

आचारणविपरित काम गरेको भन्दै सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्कालाई तीन वर्ष बढुवा रोक्का गरिएको डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटमा कार्यरत उनलाई सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १३को नियम ११२ को उपनियम (१) को खण्ड (ख) अनुसारको कसुरमा ऐ. नियमावलीको नियम ११५ को उपनियम (१) को देहाय (६) (ख) ले दिएको अधिकार प्रयोग गरी ऐ. नियमावलीको नियम ११० को खण्ड (क) (५) बमोजिम कारबाही गरिएको हो।

उनको सोमबारबाट ३ वर्षका लागि बढुवा रोक्का गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *