आजको सुन चाँदिको मुल्य तोलाको कसरी ?

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको जनाएको छ । महासंघले साेमबारको मूल्यसूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो ।

साेमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । आइतबार पनि यही मूल्यमा सुन कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, साेमबार चाँदीको मूल्य भने घटेको छ । महासंघले साेमबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको जनाएको छ । आइतबार यसको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *