उपेन्द्र यादव जसपा संसदीय दलको नेता चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।

यादवका स्वकीय सचिव महेश चौरासियाका अनुसार सोमबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

यादव गत मंसिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट पराजित भएका थिए । तर, वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट भने उनी निर्वाचित भएका हुन् ।

बारा क्षेत्र नं २ बाट जसपाका तर्फबाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।

रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि जसपा संसदीय दलको नेता कोही बनेका थिएनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *