पूर्वराजा ज्ञानेन्द्रको प्रश्न- के नयाँ नेपाल भनेको यही हो ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र नेतृत्वप्रति कडा प्रहार गरेका छन् ।

सोमबार धनगढीमा भएको कार्यक्रममा बोल्दै पूर्व राजा शाहले के नेपालको अस्तित्व छैन भन्दै नयाँ नेपाल भनेको यहि हो ? भन्दै प्रश्न गरेका हुन् ।

उनले भनेका छन्- ‘के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?’

पूर्व राजा ज्ञानेन्द्रले भुटानी शरणार्थी प्रकरणको प्रसंग समेत उल्लेख गर्दै हुदा हुदा शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउँ पठाएर गरिएको हर्कतले देशको इज्जत, गौरव लोप भएर गएको टिप्पणी गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *