बझाङ हिमपहिरो : बेपत्ता दुई महिलाको शव भेटियो

बझाङ । यार्सा संकलनका क्रममा बझाङमा हिउँ पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ ।आइतबार हिउँ पहिरोमा परी यार्सागुम्बा संकलन गर्न लागेका जयपृथ्वी नगरपालिका–११ घर भएका वर्ष १८ की रमिता धामी र वर्ष १४ की जामती धामी बेपत्ता भएका थिए ।

हिजोदेखि हिउँ पहिरोमा परी बेपत्ता भएका उनीहरुको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए । यार्सा संकलन गर्ने क्रममा आइतबार सुर्मा गाउँपालिका–२ को धानसेरा भन्ने लेकमा हिउँ पहिरोमा परी सुर्मा गाउँपालिका–३ की ३८ वर्षीया रामकोइला देवी बोहराको हिजो नै शव फेला परिसकेको र आज फेरि बेपत्ता भएका दुई जनाको शव फेला परेको डिएसपी भण्डारीको भनाइ छ ।

योसँगै सोमबारसम्म हिउँ पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । हिउँ पहिरोमा परेर सुर्मा गाउँपालिका–३ का ४० वर्षीय बाबजी बोहरा, जयपृथ्वी नगरपालिका–११ घर भएका १४ वर्षीय आकाश धामी घाइते भएका छ्न् । बझाङमा बर्षेनी यार्सा संकलन गर्दैगर्दा हिउँ पहिरो तथा भिरबाट खसेर धेरैले ज्यान गुमाउनु परेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *