काठमाडौंँ उपत्यकामा सम्पदा बस सेवा संचालनमा

काठमाडौं । काठमाडौँ उपत्यकामा सम्पदा बस सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यले मंगलबारबाट यो बस संचालनमा ल्याइएको हो ।

मंगलबार पर्यटन मन्त्री सुदन किरातीले एक कार्यक्रम गदैं सो सम्पदा बस सेवाको उद्घाटन गरेका हुन् । वस उद्घाटनका लागि आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरमा प्रमुख चिरिबाबु महर्जन समेतको उपस्थिति रहेको थियो ।

नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुई वटा विद्युतीय बसहरूमार्फत काठमाडौँ उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए ।

‘हप अन हप अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ। तत्कालका लागि यो सम्पदा बस सेवा निःशुल्क गरिने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *