निराका हत्या आरोपी विनोदविरुद्ध बाँचेसम्म कैदको माग गर्दै मुद्दा दर्ता

काठमाडौं । कपन सरस्वतीनगरकी निरा आचार्यको हत्या आरोपी विनोद विश्वकर्माविरुद्ध बाँचेसम्म कैद सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा मुलुकी अपराध संहिताको दफा ४१ (क) बमोजिम सजाय माग गरिएको छ । उक्त दफामा क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको कसुरका कसुरदारलाई जिवित रहेसम्म कैद गरिने उल्लेख छ । झापाका विनोदले लुटपाटको उद्देश्यले भाँडा पसल सञ्चालन गर्दै आएकी निराको पसलभित्रै पसेर हत्या गरेको अभियोग पत्रमा उल्लेख छ ।

यो प्रकरणमा प्रतिवादी बनाइएका २३ वर्षीय प्रदीप गदाइलीविरुद्ध ५ वर्षसम्म कैद वा ५० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायको माग गरिएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २८७ बमोजिम उनीविरुद्ध सजाय माग गरिएको हो । अनुसन्धानका क्रममा विनोदले लुटेको निराको सिक्री प्रदीपको सुन पसलमा राखेर ५५ हजार रूपैयाँ लिएको पाइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *