सञ्चारमन्त्री शर्माका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’को भारत भ्रमण टोली छरितो र सानै आकारको हुने
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण टोली छरितो र सानै आकारको हुने बताएकी छन्।
आइतबारको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै मन्त्री शर्माले भ्रमणको तयारी अन्तिम चरणमा पुगेको बताइन्।
‘भ्रमणका विषय ९एजेन्डा०हरू मन्त्रालयले तयार पारिरहेका छन्। अन्तिम(अन्तिम चरणमा पुगेको छ। खासगरी ऊर्जासँग सम्बन्धित विषय छ,’ उनले भनिन्, ‘कैयन् कुराहरू समेट्ने तयारी छ। सीमासँग सम्बन्धित विषयहरू पनि छन्। सरसफाइसँग सम्बन्धित विषय छन्। विषयबारे निर्णयचाहिँ भइसकेको छैन।’
उनले सोमबार मन्त्रिपरिषदु्को बैठक बसेर एजेन्डा तय गर्ने पनि उनले जानकारी दिइन्।
‘जुनजुन क्षेत्र, सम्बन्धित विषयमा कुराकानी हुन्छ त्यो क्षेत्रमा मन्त्री गए पुग्ने ठाउँमा मन्त्री, सचिव जानुपर्ने ठाउँमा सचिव जाने कुरा भएको छ। प्रतिनिधि मण्डललाई ठूलो नबनाउने सरसल्लाह भएको छ,’ उनले भनिन्।
नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० गतेसम्म औपचारिक भ्रमण गर्ने जानकारी दिएका थिए।
भ्रणमा नेपाल र भारतका कम्पनीबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, दोधारा–चाँदनी एकीकृत जाँचचौकी र सुख्खा बन्दरगाहलगायतका विषयमा कुराकानी हुने बताइएको छ।