नेपाली महिला टिमले मलेसियालाई ७ विकेटले हरायो
काठमाडौँ । नेपाल मलेसियाविरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा जित हासिल गरेको छ ।
मंगलबार मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि रुबिना क्षेत्रीले अविजित २९ रन बनाइन भने कबिता कुवँरले २६, सिता राना मगरले २३, बिन्दु रावलले १७ रन बनाएकी थिइन् ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै ९७ रन बनाएको थियो ।
मलेसियाका लागि मास एलिसा यसमिनले २८, विनिफ्रेड आने दुराइ र वान जुलिया वानले २०-२० रन बनाएका थिए । त्यस्तै ऐना हामिजाहले अविजित १४ रन बनाएकी थिइन् ।
नेपाली बलररुबिना क्षेत्रीले २ विकेट लिएकी थिइन् भने इन्दु बर्मा र कबिता केसीले एक एक विकेट लिए ।
यस अघि सोमबार सम्पन्न खेलमा मलेसियाले नेपाललाई पराजित गरेको थियो ।
मे २९ देखि जुन ४ सम्म मलेसियामा हुने यस वायल्याटरल सिरिजमा पाँच खेल हुने छन् ।
अब सिरिजको तेस्रो खेल जुन १ मा, चौथो खेल जुन ३ मा र पाँचौं खेल जुन ४ मा खेल्ने छ ।
यो जितसँगै नेपालले सिरिजमा मलेसियासँग १-१ को बराबरी गरेको छ ।