प्रधानमन्त्री प्रचण्डलाई इन्दौर आगमनमा, मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले गरे स्वागत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको तेस्रो दिन मध्य प्रदेश राज्यको इन्दौर पुगेका छन् । उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले इन्दौर विमानस्थलमा स्वागत गरेका छन् ।

इन्दौर विमानस्थलदेखि विजयनगरसम्मको सडक खाली गराएर प्रधानमन्त्री प्रचण्डको सवारी चलाइएको छ । महाकाल दर्शनका लागि उनी सुपर करिडोर, लवकुश चौराहा हुँदै स्थलमार्गबाट गएका छन् । प्रधानमन्त्री प्रचण्डको सुरक्षा व्यवस्थामा उज्जैनमा ७०० भन्दा बढी प्रहरी तैनाथ गरिएको छ । इन्दौरदेखि उज्जैनसम्म सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ ।

शुक्रबार इन्दौर आगमनमा पुगेपछि प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका हु्न् । प्रधानमन्त्री प्रचण्ड विशेष विमानमार्फत मध्यप्रदेशको इन्दोर पुगेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *