सर्वोच्चले माग्यो नागरिकता विधेयक प्रमाणीकरणको कागजात, ३० गते पेशी
काठमाडौं । राष्ट्रपतिबाट जेष्ठ पत्रमा प्रमाणीकरण भएको सर्वोच्चले नागरिकता विधेयकको फोटोकपी प्रमाण जुटाउन आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरणको कपी मगाउने आदेश दिएको हो ।
सर्वोच्चले राष्ट्रपतिबाट भएको प्रमाणीकरणको कपी मगाउने र अन्तरिम आदेश दिनु पर्ने कि नपर्ने भन्ने सम्बन्धमा छलफलका लागि जेठ ३० गते मंगलबारको पेसी तोक्ने आदेश गरेको छ ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता बालकृष्ण न्यौपानेले जेठ १९ गते राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेक संविधानको मर्म विपरित भएको भन्दै सर्वोच्चमा कार्यन्वयन नगर्न भन्दै रिट दर्ता गराएका थिए ।
उक्त रिटमाथि जेठ २१ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उक्त ऐन कार्यन्वयन नगर्न÷नगराउन निर्देशन दिएको थियो ।