हिमालयन बैंकका ६ जना संस्थापकले पौने २२ लाख कित्ता सेयर बेच्दै
काठमाडौं । हिमालयन बैंकका संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् । बैंकबाट एकैपटक ६ जना सेयरधनीहरुले पौने २२ लाख कित्ता सेयर बेच्न लागेका हुन् । विभिन्न संस्थापक ६ जना सेयरधनीहरुले २१ लख ८६ हजार ५ सय ७५ कित्ता सेयर बेच्न लागेका हुन् ।
बैंकले संस्थापक गिरेन्द्रमान सिंह श्रेठको नाममा रहेको ९९ हजार ५ सय ९९ कित्ता, धर्म भक्त बल्लको १ लाख ४१ हजार १ सय १६ कित्ता, यस्वस्विका इन्टरनेशनल प्रालिको १५ लाख ९० हजार कित्ता सेयर बिक्रीमा राखेको हो । यस्तै, रामप्रकाश श्रेष्ठको १३ हजार १ सय ५३ कित्ता, निता गुरुङको ९ हजार ३सय ५९ कित्ता र प्रकाश तयालको ३ लाख ३३ हजार ३ सय ४८ कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको समयमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ । संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रिय कार्यालयमा सम्पर्क गर्नु पर्नेछ । दोस्रो बजारमा संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ रहेको छ ।