सभामुख घिमिरेद्वारा मातृशोकमा रहेका निर्वाचन आयुक्त थपलियाको परिवारलाई गरे शोक व्यक्त

काठमाडौँ । सभामुख देवराज घिमिरेले मातृशोकमा रहेका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको परिवारलाई भेटेर शोक व्यक्त गरेका छन् ।

आइतबार काठमाडौँ–३२ स्थित नरेफाँटमा रहेको कोटदेवी मनोहरा विद्यानगर किरियापुत्री भवनमा पुगेर थपलियाको परिवारसँग सभामुखले शोक व्यक्त गरेका हुन । सभामुखले स्वं. डम्बरकुमारी थपलियाको आत्माको चिरशान्तिको कामना गर्दै तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

शोक व्यक्त गर्न सभामुखसहित प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय पनि किरियापुत्री भवन पुगेका थिए ।

थपलियाकी आमा डम्बरकुमारी थपलियाको गत असार १ गते काठमाडौँमा निधन भएको थियो । उनका तीन छोरा, चार छोरी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *