ज्योति मिर्मिरे सामुहिक साकोस बागमती प्रदेश स्तरीय उत्कृष्ट पुरस्कारबाट पुरस्कृत
काभ्रेको पनौती नगरपालिकामा रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाले बागमती प्रदेश स्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०७९ बाट पुरस्कृत भएको छ । १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संस्थालाई नगदसहित पुरस्कृत गरेका थिए । राष्ट्रिय सहकारी महासंघले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कार यस पटक ज्योति मिर्मिरे सामुहिक साकोसले पाएको हो । पुरस्कार ग्रहणमा संस्थाका अध्यक्ष उद्धव सापकोटासहित सञ्चालक र कर्मचारीहरूको उपस्थिति रहेको थियो ज्योति मिर्मिरे समुदायमा आधारित नेपालकै एक उत्कृष्ट संस्था हो । संस्था यसअघि नेपाल बचत तथा ऋण सहकारी संघ ९नेफ्स्कून०बाट तीन विधामा पुरस्कृत भैसकेको छ। पहिल्लो पटक २०७६ सालमा नेफ्स्कूनले प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरेको थियो । त्यस्तै संस्थाले बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ -बागमती प्रोस्कून ले पनि उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरेको थियो । त्यसैगरी पनौती नगरपालिकाबाट नगरस्तरीय उत्कृष्ट व्यवस्थापक पुरस्कार संस्थाले पाईसकेको छ। २०८० जेठ मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थामा १५ हजार १ सय ८० जना आवद्ध छन् । संस्थाको सेयर पुँजी १० करोड ८१ लाख, जगेडा कोष ५ करोड ५६ लाख, विभिन्न कोष ३ करोड २५ लाख, संस्थागत पुँजी ६ करोड, बचत ७३ करोड ५० लाख, ऋण लगानी ८४ करोड ८१ लाख र कुल सम्पत्ति १ अर्ब ११ करोड रहेको छ । संस्थासँग २० प्रतिशत माथी तरलता रहेको छ ।