नासु प्रेमिका कुटिएको विरोधमा अदालतमा कर्मचारीको हड्तालका कारण न्याय सम्पादन अवरुद्ध
काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत कर्मचारी प्रेमिका तामाङलाई कानून व्यवासायी अमिर लामिछानेले हातपात गरेको विरोधम आइतबार देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन् ।
चारवटा कर्मचारी संगठनहरुको आह्वानमा आइतबार विहान १० बजेदेखि अपरान्ह साढे १ बजेसम्म आह्वान गरिएको हड्तालका कारण अदालतका कामकारवाही प्रभावित बनेको हो ।
प्रहरीले नासु प्रेमिका तामाङमाथि अभद्र व्यवहार गर्ने लामिछानेलाई पक्राउ गरि कारवाही अघि बढाइए पनिकर्मचारी संगठनले गरेको हड्तालका कारण सर्वसाधारण मर्कामा परेका साथै न्याय सम्पादन सम्बन्धी सबै काम अवरुद्ध बन्न पुगेका छन् ।
