राष्ट्रियसभा बैठकको शून्य समयमा कुन सदस्यले के भने

काठमाडौँ । राष्ट्रियसभा बैठकको शून्य समयमा कसले के भने ।

इन्दिरादेवी गौतम
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कुनै समय आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली जानुभएको भन्ने अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी छन् । मंगलबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै गौतमले प्रधानमन्त्री प्रचण्डको सो अभिव्यक्ति स्वतन्त्र र सार्वभौमसम्पन्न नेपालीका लागि आपत्तिजनक रहेको बताएकी हुन् ।

उनले प्रधानमन्त्रीको कुर्सिमा बसेर राष्ट्रिय स्वाभिमानमा आँच पु¥याउने अभिव्यक्ति दिन कसैलाई छुट नभएको बताइन् । उनले यो अभिव्यक्ति फिर्ता लिँदै संसद समक्ष आएर स्पष्ट पार्न माग समेत गरिन् ।

गोपाल भट्टराई
पूर्वी नवलपरासीका पाँच वटा गाउँपालिकामा बाढी, पहिरोका कारण विगत केही दिनदेखि सडक अवरुद्ध भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले विद्यालय कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न माग गरे । त्यस्तै सन् २०१९ देखि त्रिभुवन विश्वविद्यालयले सिएको समकक्षताको प्रमाणपत्र नदिँदा सिएहरु अलपत्र परेका भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
तारामान स्वाँर
कैलालीस्थित शत्ति भन्सार कार्यालयमा तत्काल क्वारेन्टाइनको स्थापना गर्न माग गरे ।

भगवती न्यौपाने
तनहुँको बुद्धसिंह मार्गमा कालोपत्रे गर्न र पक्की पुल निर्माण गर्न सरकारसँग माग गरिन् ।

मृगेन्द्रकुमार सिंह यादव
धान रोपाईं चलिरहेको यो बेलामा किसानले युरिया र डिएपी मल नपाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

शारदादेवी भट्ट
बाढी, पहिरोबाट हुने जोखिमको रोकथामका लागि सरकारले बेलैमा ध्यान दिनुपर्ने बताइन् ।

बिमला घिमिरे
नारायणघाट–मुग्लिन सडक खण्ड पहिरोका कारण अवरुद्ध हुने गरेको र यात्रा कष्टकर हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

शेखरकुमार सिंह
सप्तरीको बेलीही भन्सारमा क्वारेन्टाइन चेकपोष्ट राख्न माग गरे ।

सुमित्रा बिसी
जुम्लामा अन्तरजातिय विवाह गरे वापत मुकुन्द नेपालीको घरमा आगजनी भएको भन्दै दोषि उपर कडाभन्दा कडा कारबाही गर्न माग गरिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *