ललितपुर अदालतका सबै कर्मचारी असुरक्षा भोग्नुपरेको बताउँदै सर्वोच्चमा
काठमाडौं । जिल्ला अदालत ललितपुरका कर्मचारी काम गर्ने वातावरण नभएको र वकिलबाट असुरक्षा भोग्नुपरेको बताउँदै सर्वोच्च अदालत पुगेका छन् ।
मंगलबार जिल्ला अदालतमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने उपसचिव सरहका श्रेस्तेदार विष्णु पाण्डेयसहित सबै कर्मचारी सुरक्षा माग गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरको कार्यकक्षमा पुगेका हुन् ।
नेपाल बार एशोसिएशनका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले आफ्नो र नासु प्रेमिका तामाङको नामै किटेर भ्रष्टाचारको आरोप लगाउँदै सरुवा माग गरेको र धम्की दिएकाले असुरक्षित भएर सर्वोच्चमा आएका पाण्डेको भनाइ छ ।
सर्वोच्च पुगेका ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले कानुन व्यावसायीले आफ्नो गल्ति स्वीकार गर्न नजानेको र बेला–बेला बार जस्तो जिम्मेवार निकायले कर्मचारीहरुलाई दबाबका राखेकाले न्यायको माग गर्दै सर्वेच्चमा पुगेका हुन् । ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले काम गर्ने तर सुरक्षापूर्ण वातावरणको आवश्यकता प¥यो । काम गर्नका लागि स्वतन्त्र शान्तिपूर्ण वातावरणको आवश्यकता पर्ने बताउदै सर्वोच्चमा पुगरेर न्यायको ढोका ढकढक्याइरहेका छन् ।
नेपाल बारले नासु प्रेमिका तामाङले अदालतको आदेशको कपी माग्दा अधिवक्ता अमिर लामिछानेसँग घुस मागेको आरोप लगाउँदै उनीसहित श्रेष्तेदारको सरुवा माग गरेका छन् । तर ललितपुर जिल्ला अदालतमै सिसिटिभि फुटेज नै छैन् ।