एक करोडमाथि ऋण लगानी गरेको विवरण उपलब्ध गराउन विभागको निर्देशन


काठमाण्डौं । सहकारी विभागले १ करोड वा सो भन्दा बढी ऋण लगानी भएका व्यक्ति वा संस्थाको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । विभागले आज एक सूचना प्रकाशित गरी ३० दिन भित्र उक्त जानकारी विभागमा उपलब्ध गरारउन सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ ।

विभागको नियमन क्षेत्रधिकारभित्र पर्ने सबै संस्थाहरुले उक्त विवरण उपलब्ध गराउनु पर्ने भएको छ । त्यसैगरी आ.ब. २०७८।७९ साधारण सभाको उपस्थिति तथा निर्णयको प्रतिलिपी, सोही आ।ब।को लेखापरिक्षण प्रतिवेदन र संस्थाको सञ्चालक समितिका सदस्य र व्यवस्थापनको फोटो र नागरिकताको प्रतिलिपी सहितको तीन पुस्ते विवरण उपलब्ध गराउन समेत भनेको छ । सहकारी ऐन २०७४ को दफा ७३ मा सबै सहकारी संघ संस्थाले उक्त विवरणहरु रजिष्ट्रार समक्ष पेश गर्नु पने व्यवस्था रहे पनि उक्त विवरण सहकारी संघ संस्थाले पेश नगरेकाले ३० दिन भित्र पेश गर्न विभागले निर्देशन दिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *