टाटाले बेच्यो ७ वर्षमा ५ लाख टाटा टियागो


काठमाडौं । भारतको अग्रणी टाटा मोटर्सले टाटा टियागो (ह्याच ब्याक) मोडलका ५ लाख वटा गाडीहरु बिक्री गर्न सफल भएको छ । सन् २०१६ मा बिक्री सुरु गरिएको यस गाडीले ७ वर्षको छोटो अवधिमै यो सफलता हासिल गरेको कम्पनीले जनाएको छ । उल्लेखित कुल ५ लाखमध्येका एक लाख गाडी केवल १५ महिनामा बिक्री भएको थियो । कम्पनीका अनुसार टियागोले “नेट प्रोमोटर स्कोरमा” पनि ५१ अंक हासिल गरेको छ जुन अन्यको तुलनामा सबैभन्दा उच्च हो ।

टाटा टियागोले विगत केही वर्षहरुमा अटोमोबाइल क्षेत्रले प्रदान गर्ने ४० भन्दा बढी पुरस्कारहरु समेत जितिसकेको छ । टियागो गाडी आरामदायी, आकर्षक, बलियो बनावट एवं सुरक्षाको दृष्टिकोणले अब्बल रहेको कम्पनीले दाबी गरेको छ । सन् २०२० को जनवरीमा यस गाडीले सर्वोत्कृष्ट सुरक्षाका लागि ग्लोबल एनसीएपीद्वारा पाँच–तारे गाडीको मान्यता समेत प्राप्त गरेको थियो। नेपाली बजारमा पनि टाटा टियागोको बजार तीब्र ढंगले बढेको कम्पनीले बताएको छ । नेपालमा हाल उपलब्ध ह्याचब्याक मध्ये सुरक्षित तथा बलियो गाडीमा पर्ने टाटा टियागो सर्वाधिक बिक्री हुने गाडीमा पर्न सफल भएको कम्पनीको भनाइ छ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार यो वर्गमा महिला ग्राहकहरुको संख्या पनि उल्लेख्य रहेको कम्पनीले बताएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *