नक्कली शरणार्थी प्रकरण : आरजुको नाम जाेडेर सार्वजनिक गरेको आवाज सन्देश शर्मासंग मिल्यो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पश्चात थुनामा रहेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् ।

नक्कली भुटानी शरनार्थी प्रकरणमा राणाको नाम जोडेर सामाजिक संजालमा सार्वजनिक गरेपछि नैतिक पतन गर्ने र गराउनेलाई पक्राउ गरि कानुन बमोजिमको कार्बाही गराउन माग गर्दै गत बैशाख २ गते नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

सोही निवेदनका आधारमा अनुसन्धान गर्दा उक्त अडियो शर्माको आवाजसँग मिलेपछि सो अडियो सामाजिक संजाल टिकटकमा कसले पहिलो पटक सार्वजनि गरेको भन्ने वारेमा टिकटक सिंगापुरसंग सुचना मागेपनि अहिलेसम्म सुचना फेला पर्न नसकेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले आइतवार जारी विज्ञप्तीमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *