प्रभु बैंकले १५ सय उद्यमी र साना किसानलाई सहुलियतपूर्ण कर्जा दिने


काठमाडौं । प्रभु बैंकले युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ वित्तीय कर्जा दिने भएको छ । जसको लागि बैंकले हेफर इन्टरनेशनल नेपालबीच सम्झौता गरेको छ । बैंकले नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थासँग सहकार्यमा किसानहरूलाई सहुलियतपुर्ण कृषि कर्जा दिने भएको हो । नुवाकोटको बट्टारमा एक कार्यक्रम बिच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह निर्देशक प्रकाश कटुवाल, प्रभु बैंकका ग्लोवल मार्केट्स प्रमुख सुजिन शाक्य र माईक्रो फाईनान्स विभाग प्रमुख प्रविन कुमार दहालले संयुक्त रुपमा पञ्चकन्या गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरीरहेका उद्यमीहरुलाई प्रभु बैंकको बट्टार शाखा कार्यलयबाट ४० लाख रुपैयाँको सहुलियतपूर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरीएको छ ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तेजबहादुर तामाङले पञ्चकन्या गाउँपालिकाका किसानहरूलाई प्रभु बैंकले ठुलो गुण लगाएको र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गरेका छन् । उक्त सम्झौता अनुरुप हेफर इन्टरनेशनल नेपालका तर्फबाट प्रर्वधित सहकारीहरुले सहुलियतपूर्ण ऋण लिन ईच्छुक उद्यमीहरूको पहिचान गरि कर्जा लिन योग्य उद्यमीहरूलाई बैंकमा सिफारिस गर्नेछन् । त्यसैगरि स्थानिय सरकारले कर्जा सदुपयोगको अनुगमन गरि आवश्यक अन्य व्यवसायिक विकासका सेवाहरु प्रदान गर्न सहयोग तथा सहजिकरण गर्ने छ । हेफर ले ४४ जिल्लाका करिव ४ लाख पिछडीएका गरिव परिवारहरुलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम संचालन गर्दै आएको छ । यस संस्थाले हालसम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरु मार्फत वित्तीय पहुँच पुरÞ्याउन सहजिकरण गर्दै आएको छ । उक्त सम्झौता अनुरुप बैंकले करिब १५ सय उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्ने विश्वास लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *