ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं । बालुवाटार स्थित ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धुव्र प्रसाद अर्याल र लोकहरी घिमिरेलाई केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरेको काठमाडौँ प्रहरी अनुसन्धान व्युरोले जानकारी दिएको हो ।

आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक थिए भने घिमिरे समरजङ्ग कम्पनीका प्रमुख रहेका थिए । उनीहरुलाई अनुसन्धानमा खटिएको प्रहरीले आइतबार नियन्त्रणमा लिएपछि अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *